समाज
-

बहुमूल्य गहना र बालबालिका लिएर पशुपति नजान पशुपति क्षेत्र विकास कोषको आग्रह
काठमाडौँ । पशुपति क्षेत्र विकास कोषले तीजका दिन बहुमूल्य गहना र बालबालिकालाई लिएर पशुपतिनाथको दर्शन गर्न नजान आग्रह गरेको छ । आइतबार तीजको तयारीबारे आयोजित पत्रकार सम्मेलनमा कोषले यस्तो आग्रह गरेको हो । यस्तै उक्त दिन मन्दिर दर्शनका लागि कुनै पनि पासको व्यवस्था नगरिने समेत कोषले स्पष्ट पारेको छ । यस्तै पर्यटन प्रवेश शुल्क तिरी…
-

नागरिकता संशोधन विधेयक पारित, अब आमाको नामबाट पनि नागरिकता प्राप्त गर्न सकिने
काठमाडौँ । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ सर्वसम्मतिले पारित गरेको छ । बैठकमा गृहमन्त्री रमेश लेखकले सभाअन्तर्गतको विधायन समितिको प्रतिवेदन सहित प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१ पारित गर्ने प्रस्ताव पेस गरेका थिए । उक्त प्रस्ताव राष्ट्रियसभा अध्यक्ष नारायण दाहालले निर्णयार्थ प्रस्तुत गर्दा सर्वसम्मतिले पारितभएको हो ।…
-

स्वच्छ हिमाल अभियान सञ्चालन गर्ने गुरुङको घोषणा
काठमाडौँ । नेपाल पर्वतारोहण सङ्घको अध्यक्षका उम्मेदवार कुलबहादुर गुरुङले स्वच्छ हिमाल अभियान सञ्चालन गर्ने घोषणा गरेका छन । आगामी भदौ ७ गते हुने निर्वाचनमा अध्यक्षका उम्मेदवार समेत रहेका गुरुङले उम्मेदवार परिचयात्मक कार्यक्रममा हिमालको आधारशिविर देखि आरोहण मार्गसम्म दीर्घकालीन फोहर व्यवस्थापन आफ्नो प्रमुख मुद्दा भएको बताए । हाल विद्यमान आरोहण फोहर धरौटी रकम फिर्ता गर्ने प्रणाली…
-

बजेट पारित नहुँदा धरान उपमहानगर समस्याग्रस्त
सुनसरी । बजेट पारित नहुँदा धरान उपमहानगरपालिका समस्याग्रस्त बनेको छ । नगर प्रमुख हर्कराज राई (साम्पाङ) र उपप्रमुख इन्द्रविक्रम बेघाबीचको मतभेद तथा राजनीतिक समन्वय अभावका कारण चालु आर्थिक वर्षको बजेट अहिलेसम्म नगरसभाबाट पारित हुन सकेको छैन्। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार १० भित्र पारित गर्नुपर्ने कानुनी व्यवस्था भए पनि धरान उपमहानगरले उक्त प्रावधान…
-

अवैध प्लटिङ नियन्त्रणमा कडाइ गर्ने प्राधिकरणको तयारी
काठमाडौँ । काठमाडौँ उपत्यका विकास प्राधिकरणले उपत्यकामा बढ्दै गएको अवैध प्लटिङ, हाउजिङ र योजना अनुमतिबिना भइरहेका भौतिक पूर्वाधार निर्माणलाई नियन्त्रणमा लिई कडाइ गरिने बताएको छ । प्राधिकरणका आयोजना प्रमुख एवं जिल्ला आयुक्त शुभाष बस्नेतले सहरीकरणलाई व्यवस्थित बनाउन प्राधिकरणले सक्रिय भूमिका निवार्ह गरिरहेको बताए । जग्गा प्लटिङ, संस्थागत भवन, व्यापारिक तथा सार्वजनिक संरचना, मिश्रित आवासीय, सभा…
-

राहुघाट पहिरो अपडेटः ज्यान गुमाउने र घाइतेको पहिचान खुल्यो
म्याग्दी । रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन राहुघाट जलविद्युत् आयोजनाको बाँध क्षेत्रमा आज दिउँसो पहिरोमा पुरिएर ज्यान गुमाएका र घाइते भएका मजदुरहरुको पहिचान खुलेको छ रघुगङ्गा गाउँपालिका–४ दग्नामको फेदीमा निर्माणाधीन आयोजनाको बाँधमा पहिरोमा पुरिएर दुई जनाको मृत्यु र पाँच जना घाइते भएका थिए । बागलुङको तमानखोला गाउँपालिका–१ का २२ वर्षीय सुजन बुढामगर र चितवनका अन्दाजी ४५–४६ वर्षका…
-

सञ्चारमाध्यमले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाएको छ : पूर्वराष्ट्रपति भण्डारी
मोरङ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सञ्चारमाध्यमले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाएको बताएकी छिन् । विराटनगरबाट प्रकाशित हुने उद्घोष दैनिकको २१औँ वार्षिकोत्सवका अवसरमाआज आयोजित कार्यक्रममा उनले स्थानीय सञ्चारमाध्यमले लोकतान्त्रिक व्यवस्थाको अभ्यासलाई सुदृढ बनाउने भएकाले यसको संरक्षण र सबलीकरण गर्नु सबैको साझा जिम्मेवारी भएको धारणा राखेकी हुन । पूर्वराष्ट्रपति भण्डारीले सञ्चारमाध्यमले ओझेलमा परेका स्थानीयको समस्या, जनजीविका एवं चुनौतीलाई…
-

बजेट अभावले पूर्व-पश्चिम राजमार्ग विस्तार र मर्मत हुन सकेन
महेन्द्रनगर । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सुदूरपश्चिमको गड्डाचौकी–चिसापानी सडक विस्तार एव मर्मतका लागी बजेट अभाव भएको छ । यस राजमार्गलाई विभिन्न खण्डमा चारदेखि आठ लेनसम्म स्तरोन्नति गरिरहँदा पश्चिमी खण्डमा सामान्य मर्मत तथा विस्तारका लागि बजेट अभाव देखिएको छ । सडक डिभिजन कार्यालय महेन्द्रनगरले बजेट अभावका कारण गड्डाचौकी–चिसापानी खण्ड विस्तारलाई तीव्रता दिन नसकेको जनाएको छ । चालु…
-

तापमान वृद्धिलाई सीमित राख्न सबै पक्षले पेरिस सम्झौतामा गरेका प्रतिबद्धता पूरा गर्नुपर्छ : राष्ट्रपति
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अनिवार्य रूपमा सबै पक्षहरूले पेरिस सम्झौतामा गरेका प्रतिबद्धता पूरा गर्नुपर्ने बताएका छन् । हिन्दुकुश हिमालय क्षेत्रका मुलुकका सांसदहरूको सम्मेलनको आज भएको उद्घाटन समारोहमा उनले विशेषगरी विश्व तापमान वृद्धिलाई १.५ डिग्री सेल्सियसमा सीमित राख्न उक्त सम्झौता पालना गर्न आग्रह गगरेका हुन् । नेपालमा पहिलोपटक आयोजित हिन्दुकुश–हिमालय सांसदहरूको सम्मेलनमा उनले विश्व तापमान…
-

पाल्पामा ऐतिहासिक भगवतीको रथसहित निकालियो सिन्दुरजात्रा
पाल्पा । नेपाल–अङ्ग्रेज युद्धमा विजय हासिल गरेको सम्झनामा आज पाल्पामा ऐतिहासिक भगवतीको रथसहित सिन्दुर जात्रा निकालिएको छ । प्रत्येक वर्ष भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जात्रा बनाउँदै आएको छ । यसवर्ष २०६औँ भगवती खट यात्राका रूपमा सिन्दुर जात्रा हर्सोल्लासका साथ निकालिएको हो । यो जात्रालाई जिल्लामा निकालिने सबैभन्दा ठूलो जात्राका रूपमा लिने गरिन्छ । नेपाली…
